दफा १६
दण्ड सजाय

(१) दफा ८ को उपदफा (४), (५) वा (६) उल्लङ्घन गर्ने स्वास्थ्य कार्यकर्तालाई एकहजार रुपैयाँसम्म जरिवाना वा एक महीनासम्म कैद वा दुवै सजाय हुनेछ ।
(२) दफा ९ को उपदफा (१), (४), (५), (७), (८), (९), (१०) वा (११) उल्लङ्घन गर्ने उत्पादक वा वितरकलाई दशहजार रुपैयाँसम्म जरीबाना वा तीन महीनासम्म कैद वा दुवै सजाय हुनेछ ।

(३) दफा १० वा ११ उल्लङ्घन गर्ने उत्पादक वा वितरकलाई पन्ध्रहजार रुपैयाँसम्म जरीबाना वा चार महीनासम्म कैद वा दुवै सजाय हुनेछ ।
(४) उपदफा (१), (२) वा (३) मा लेखिए देखि बाहेक यो ऐनका अन्य प्रावधानहरु वा यस ऐन अन्तर्गत बनेको नियम उल्लङ्घन गर्ने व्यक्तिलाई कसूरको प्रकृति हेरी दुईहजार रुपैयाँ सम्म जरीबाना वा एक महीनासम्म कैद वा दुबै सजाय हुनेछ ।
(५) अदालतले यस दफा बमोजिम कुनै व्यक्तिलाई कुनै कसूर गरे बापत सजाय गर्दा त्यस्तो कसूरबाट क्षति पुगेको व्यक्ति वा निजको हकदारलाई त्यस्तो कसूर गर्ने व्यक्तिबाट पच्चीसहजार रुपैयाँ देखि एकलाख रुपैयाँ सम्म क्षतिपूर्ति समेत भराई दिन सक्नेछ ।